हुन्डाईले फेस्टिभ कार्निवल आयोजना गर्ने
वि.सं.२०८० असोज १८ बिहीवार १२:५४
shares

काठमाडौं, १८ भदौ । आउँदै गरेको नेपालीहरुको महानचाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको । हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने कम्पनीले जनाएको छ ।
कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक(फरक कार्यक्रमहरु आयोजना गरिने । लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड् प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न डिएलवाई टिप्स तथा टिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।
तिनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट,’EXTER Treasure Hunt’, डेली‘ड्राइभ एण्ड वीन’ र महिला चालकहरुप्रति लक्षित हुन्डाई ‘विल्स एण्ड हिल्स’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बिओएससिएचका वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।
सदैव आफुलाई आफ्नो परिवारसंग जोडिएर रहन रुचाउँदै विगत लामो समयदेखि नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल नेपालका लागि ज्थ्ग्ल्म्ब्क्ष् को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटल सम्पूर्ण नेपालीको महान चाड बडा दशैं २०८० को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ र आफ्नो परिवारसँग यस कार्यक्रममा नजिकैको हुन्डाई शोरुममा निमन्त्रणा गरेको छ ।



















