Dhulikhel Eco Banner new

जीवन बीमा व्यवसाय : ग्रोथरेटमा प्रभु महालक्ष्मी नम्वरवान, कमजोर देखियो सरकारी कम्पनी

35.53K
shares

काठमाडौँ, २५ पुस । जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क संकलन वृद्धिदरमा बृद्धिदरका हिसावले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नम्बरवान देखिएको छ । २०औँ वर्ष पुराना कम्पनीहरुलाई पछि पार्दै प्रभु महालक्ष्मी लाइफ पहिलो नम्बरमा देखिएको हो ।

१४ वटा जीवन बीमा कम्पनीको औसत वृद्धिदर ३.७५ प्रतिशत हुँदा प्रभु महालक्ष्मीको मात्र १५.९३ प्रतिशत रहेको छ । १४ वटा जीवन बीमा कम्पनीमध्य सवैभन्दा बढी हो ।

प्रभुले गत वर्षको मंसिर महिना सम्ममा एक अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको थियो भने यो वर्ष मंसिरसम्ममा एक अर्ब ६७ करोड रुपैयाँ आर्जन गरेको छ । मंसिरसम्म प्रभुले प्रथम बीमा शुल्क मार्फत ३३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । सोही अबधिमा नविकरण बीमा शुल्कमा एक अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको हो ।

मंसिर महिनाको रिपोर्ट मात्र हेर्ने हो भनेपनि बीमा शुल्क र नविकरणबाट जम्मा ३० करोड २२ लाख रुपौयाँ शुल्क आर्जन गरेको छ । मंसिरमा मात्र प्रभुले प्रथम बीमा शुल्क ६ करोड ६३ लाख र नविकरण शुल्क २३ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ ।

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरमा गएर असार मसान्त देखि एकिकृत कारोबार गरेको थियो । गत आर्थिक वर्षको मंसिर महिनाको छुट्टा छुट्टै बीमा शुल्क आर्जनलाई जोडेर यस वर्षको मंसिर महिनासम्मको व्यवसाय सँग तुलना गर्दा १५.९३ प्रतिशतले बृद्धि भएको देखिन्छ ।

बृद्धिदरको हिसावले ३ जीवन बीमा कम्पनी कम्जोर देखिएको छ । सरकारी स्वामित्वको जीवन बीमा कम्पनीको बृद्धिदर घट्तो देखिएको छ । सरकारको लागिनी भएको राष्ट्रिय बीमा कम्पनीले बिद्धिदर १८.६३ प्रतिशतले घटेको छ । ब्यवसाय घट्ने दरमा यो सवैभन्दा बढी हो । त्यस्तै, सन नेपालको ११.१७ प्रतिशत र एलआइसी नेपालको १.४९ प्रतिशत व्यवसाय घटेको छ ।

प्रभु महालक्ष्मी पछि दोस्रो धेरै बृद्धिदर हिमालयन लाइफको छ । हिमालयन लाइफले १३.३४ प्रतिशतले ब्यवसाय बढाएको छ । त्यस्तै क्रमशः आइएमई लाइफको ११.१८, नेशनल लाइफको ९.५४, एशियन लाइफ ७.२४, नेपाल लाइफ ७.२४, रिलायबल नेपाल ६.८९, सानिमा रिलायन्स ६.६८, मेट लाइफ ४.६१, सिटिजनको १.६५ र सूर्यज्योति लाइफको ०.०८ प्रतिशत बृद्धिदर हरेको छ ।

आन्तरिक संघर्षका बावजुद अघि बढ्दै प्रभु महालक्ष्मी
तत्कालीन प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीहरु एक आपसमा मर्जर भएर प्रभु महालक्ष्मी लाइफ बनेको थियो । मर्जर अघि दुबै कम्पनी आ–आफ्ना ठाउँमा राम्रै भए पनि मर्जर पछि भने प्रभु महालक्ष्मीभित्र केही आन्तरिक कलह देखियो ।

संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापन तह संस्थालाई वलियो बनाउनु पर्छ भन्नेमा एकमत थिए । दोस्रो तहका केही कर्मचारीहरुका कारण भने संस्थाको बद्नाम गराउने प्रपञ्च रचिएको थियो । संस्थाभित्रैबाट भएका स–साना कमजोरीलाई बाहिर ल्याउने र नभएका कुराहरुलाई समेत उचाल्ने काम संस्थाकै केही कर्मचारीहरुले गरेका थिए ।

अहिले संस्था सहि ट्रयाकमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउछन् । पहिले संस्थामा भएका केही कमीकमजोरीहरु लुकाउनका लागि वा कारबाहीबाट जोगिनका लागि केही कर्मचारहरु आत्तिएका थिए । अहिले भने अवस्था त्यस्तो छैन ।

सीईओ भट्टराई प्रभु महालक्ष्मीलाई कसरी सवल बनाउन सकिन्छ भनेर अहिलेको सञ्चालक समिति र व्यवस्थापन लागिपरेको बताउछन् । उनले संस्थालाई कमजोर बनाउन खोज्ने खेल कुनै पनि हालतमा सह्य नहुने बताउदै आएका छन् ।