Dhulikhel Eco Banner new

निफ्राका सीईओ रामकृष्ण खतिवडाले दिए राजीनामा

4.73K
shares

काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

खतिवडा २०७७ साल माघ १ गतेबाट निफ्रामा सीईओ थिए । कार्यकाल सकिन अझै एक वर्ष बाँकी नै हुँदा उनले राजीनामा दिएका हुन् ।

खतिवडाले राजीनामा दिएपछि नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिइएको हो । बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि तामाङलाई बैंकका निमित्त सीईओको जिम्मेवारी दिएको हो ।