Dhulikhel Eco Banner new

मंगलबार नेप्से ५४.५४ अंकले बढ्यो

4.69K
shares

काठमाडौं, २ माघ । मंगलबार नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३१.६२ अंकले बढेर २१ सयको विन्दुमा उक्लिएको थियो ।

सोमबार मकरसंक्रान्तिका कारण कारोबार नखुलेको स्टक मार्केटमा मंगलबार दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड २८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भयो ।

यसदिन सबै उपसूचकहरुमा हरियाली छाउँदा निर्जीबन बीमा उपसमूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।