६ महिनामा कुन वाणिज्य बैंकले कति कमाए ?
वि.सं.२०८० माघ ७ आइतवार १७:२०
shares

काठमाडौं, ७ माघ । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिना अर्थात दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सर्वाजनिक गरेको पुस मसान्त सम्मको विवरण हेर्दा २० मध्ये १६ वटाको नाफा घटेको देखिएको छ ।
३ वाणिज्य बैंक हिमालयन, प्राइम, एभरेष्ट बैंकले नाफा बढाएका छन् । ऋणात्मक अवस्थामा रहेको कृषि विकास बैंकले भने नाफा कमाएको छ । कृषि विकास बैंकले १ अर्ब ३५ करोड नाफा कमाएको छ ।
हिमालयन बैंकले ५७.७३ प्रतिशत, प्राइम ३२.१३ प्रतिशत र एभरेष्ट बैंकले ७।८८ प्रतिशतले नाफा बढाएको छ ।
सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । तर नबिलको गत आवको समीक्षा अवधिभन्दा ६.२८ प्रतिशतले नाफा घटाएको छ । नेपाल बैंकले सबैभन्दा बढी ४९.६० प्रतिशतले नाफा घटाएको हो ।
पुस मसान्तसम्म २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड नाफा कमाएका छन् । गत आवको पुस मसान्त सम्ममा ३१ अर्ब ९४ करोड नाफा कमाएका छन् । चालु आवको ६ महिनामा बैंकहरुले सर्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको समीक्षा अवधि भन्दा करीब १० प्रतिशत नाफा घटेको छ ।
लक्ष्मीसनराइज् बैंक
लक्ष्मीसनराइज् बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५ करोड ९२ लाख १० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रूपैयाँ रहेको थियो ।
नबिल बैंक
चालू आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमास ९साउन देखि पुस० सम्म नबिल बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा २१ करोड ४६ लाख १९ हजार रूपैयाँ घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रूपैयाँ थियो ।
प्राइम बैंक
प्राइम बैंकले दोस्रो त्रैमासम्म्म २ अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैसमासम्म १ अर्ब ६५ करोड २० लाख ४४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकले ५३ करोड ८ लाख ८२ हजार रूपैयाँ बढी नाफा कमाएको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले पुस मसान्तसम्म २ अर्ब ४ करोड २३ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ७८ करोड २३ लााख ७९ हजार रूपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ७४ करोड ५० हजार रूपैयाँले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड ५३ लाख ८८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस महिनासम्म बैंकले २ अर्ब ७१ करोड १८ लाख ५१ हजार रूपैयाँ खुद नाफा रहेको थियो । गत वर्षको तुलनामा बैंकले ६९ करोड ६४ लाख ६३ हजार रूपैयाँले नाफा घटेको छ ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको खुद नाफा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रूपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन ४१ प्रतिशतले कम हो ।
नेपाल इन्भेष्टमेन्टमेघा बैंक
दोस्रो त्रैमासम्म नेपाल इन्भेष्टमेन्टमेघा बैंकको नाफा घटेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब ८० करोड १९ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पुससम्म भने बैंकले २ अर्ब ८ करोड ६३ लाख ७ हजार रूपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नफा अघिल्लो वर्षको तुलनामा २८ करोड ४३ लाख ६३ हजार रूपैयाँले घटेको छ ।
स्टाण्डर्ड चार्टड बैंक
स्टाण्डर्ड चार्टड बैंकले १ अर्ब ७२ करोड ६४ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्र्षको सोहि अवधिमा बैंकले १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एभरेष्ट बैंक
दोस्रो त्रैमासम्ममा एभरेष्ट बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले १२ करोड ५१ लाख ४५ हजा रूपैयाँ खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ५८ करोड ८० लाख ३ हजार रूपैयाँ खुद नफा कमाएको थियो ।
कृषि विकास बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफा ऋणत्मक रहेको कृषि विकास बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ३९ लाख ७४ हजार ५१७ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ५४ करोड ९२ लाख ६९ हजार रूपैयाँ खुद नाफा बढाएको छ ।
एनएमबी बैंक
एनएमबी बैंक लिमिटेडलको खुद नाफामा पनि गिरावट आएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रूपैयाँ खुद नफा आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ९० करोड ११ लाख ५३ हजार रूपैयाँ रहेको थियो । जुन ५२ करोड ५१ लाख ६६ हजारले घटेको छ ।
सानिमा बैंक
दोस्रो त्रैमासम्म सानिमा बैंकले १ अर्ब १३ करोड ८६ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार ५१६ रूपैयाँ खुद नाफा कमाएको थियो । जुन १४ करोड ६७ लाख ६४ हजार रूपैयाँले घटेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले ६ महिनामा १ अर्ब १३ करोड ६८ लाख २२ हजार ४६५ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सिद्धार्थ बैंकको नाफा २ करोड ४३ लाख ७७ हजार रूपैयाँले घटेको छ ।
प्रभु बैंक
प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ७२ करोड ३ लाख ४१ हजार रूपैयाँ आर्जन गरेकोे छ । गत आर्थिक वर्षामा भने बैंकको खुद नाफा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रूपैयाँ रहेको थियो ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड ५१ हजार १३४ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा भने बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले ८६ करोड ७२ लाख ११ हजार ४७९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार ९४६ रूपैयाँ खुद नाफा कमाएको थियो । जुन १४।३१ प्रतिशतले घटेको हो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ८४ करोड ५ लाख ४१ हजार ५१७ रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३३ करोड ६६ लाख ५२ हजा रूपैयाँले घटेको छ ।
माछापुच्छ्रे बैंक
दोस्रो त्रैमासमम्म माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा ८० करोड ५३ लाख ८० हजार रूपैयाँ पुगेको छ । माछपुच्छ्र्रे बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ करोड ९ड लाख रूपैयाँले घटेको छ ।
सिटिजन्स बैंक
चालू आर्थिक वर्षको पुस महिनासम्म सिटिजन्स बैंकले ७८ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस महिनासम्म बैंकले ८४ करोड १३ लाख ३३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।



















