Dhulikhel Eco Banner new

समृद्धि फाइनान्स सुधारको बाटोमा, निस्कृय कर्जा ह्वात्तै घट्यो

3.47K
shares

काठमाडौं, ८ माघ । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको विवरण अनुसार २ करोड १३ लाख रुपैयाँ नोक्सानमा हरेको छ ।

तर, फाइनान्सले गत वर्षको तुलनामा भने नोक्सानी घटाएको छ । गत चालु आवको पुस मसान्त सम्ममा फाइनान्स ७ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी १९.७६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४८.०१ प्रतिशत घटेको सर्वजनिक विवरणमा छ। कम्पनीकोको कुल सञ्चालन आम्दानीमा ११.७३ प्रतिशत घटेको र सञ्चालन मुनाफा २ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ। पुस मसान्त सम्ममा फाइनान्सको खराब कर्जा १३.९२ प्रतिशतबाट घटेर ४.६८ प्रतिशतमा झरेको छ।

इम्पेरमेन्ट चार्ज ७ करोड ८९ लाख रुपैयाँबाट घटेर ६२ लाख रुपैयाँमा सीमित भएको छ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ४८ करोड २० लाख रुपैयाँ ऋणात्मक रहको छ। त्यस्तै, सो अवधिसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ।

फाइनान्सको चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुसको अन्त्यसम्ममा फाइनान्सले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।