Dhulikhel Eco Banner new

सोल्टी होटलको नाफा २६ करोड ३१ लाख

4.82K
shares

काठमाडौं, २८ मघ । सोल्टी होटल लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको छ ।

होटलले ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको दोस्रो त्रैमासको तुनामा ४.६४ प्रतिशतले बढी हो । सोल्टीले गत आवको ६ महिनामा २५ करोड १४ लाख ३८ हजार रुपैयाँ कमाएको थियो ।

सोल्टीको आम्दानी बढेसँगै नाफा पनि बढेको हो । पुस मसान्तसम्ममा होटलले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ९६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी गत वर्षको तुलनामा ९.४४ प्रतिशत बढी हो ।

होटलको कुल खर्च १२.०८ र सञ्चालन आम्दानी ३.८२ प्रतिशत बढेको छ । होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ । प्रतिशेयर आम्दानी २ पैसा घटेर ५ रुपैयाँ ९५ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ ।

८८ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।