नेको इन्स्योरेन्सको आम्दानी १९.४२ प्रतिशतले बढ्यो, नाफा कति ?
वि.सं.२०८० फागुन १ मंगलवार १०:२६
shares

काठमाडौं, १ फागुन । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार आम्दानी १९.४२ प्रतिशतले बढेको छ ।
गत आवको पुस मसान्तसम्ममा कम्पनीले ९६ करोड ३८ लाख ४६ हजार आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १५ करोड १० लाख २३ हजार कुल आम्दानी गरेको छ ।
आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ । गत पुस मसान्तसम्ममा इन्स्योरेन्सले खुद नाफा २२ करोड १२ लाख ६४ हजार रुपैयाँ गरेको छ । जुन नाफा गत वर्षको तुनामामा १५.२३ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले १९ करोड २० लाख २५ हजार मात्र खुद नाफा गरेको थियो ।
इन्स्योरेन्सले ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख ३७ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च १.६७ प्रतिशत बढेको छ भने खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ पैसाले बढेर २१ रुपैयाँ ९९ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख २ हजार रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख ६६ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।



















