Dhulikhel Eco Banner new

सञ्चालक समिति र उच्च व्यवस्थापनमा असमझदारीको झिल्का समेत छैन : एनआईसी एशिया

3.22K
shares

काठमाडौं, २ फागुन । एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको बैंकको भनाई छ ।

‘बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको छ’, बैंकले भनेको छ, ‘कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको छ ।’

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षमा बैंक उत्कृष्ट रहेको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।

‘बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत छैन’, सूचना अधिकारी अनियाले भने ।

बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको खनियाले बताए ।