Dhulikhel Eco Banner new

राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक बीच क्रस बोर्डर भुक्तानी सम्झौता

4.69K
shares

काठमाडौं, ४ फागुन । भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ ।

भारतको नयाँ दिल्लीमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन सम्बन्धी सम्झौता भएको छ ।

नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतीय आरबीआईका गभर्नर शक्तिकान्त दासको बीचमा सम्झौता पत्रका हस्ताक्षेर भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत जेठको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले क्रस बोडर पेमेन्ट गर्ने सम्भौता गरेको थियो ।