एनआईसी एशिया बैंक र क्रिकेट एसोसिएसनले राष्ट्रिय टि२० च्याम्पियनसिप आयोजना गर्ने
वि.सं.२०८० फागुन २२ मंगलवार ०९:५९
shares

विराटनगर, २२ फागुन । एनआईसी एशिया बैंक र क्रिकेट एसोसिएसनले राष्ट्रिय टि२० च्याम्पियनसिप आयोजना गर्ने भएका छन्। एनआईसी एशिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनका प्रतिनिधि तर्फबाट विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा मार्च ५ देखि मार्च १६ सम्म राष्ट्रिय टि २० च्याम्पियनसिप भव्य रुपमा आयोजना हुने घोषणा भएको हो ।
ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पु¥याएको गहिरो महत्वलाई एनआईसी एशिया बैंकले क्रिकेटमा देखाएको समर्पणले थप उजागर गर्ने विश्वास लिएका बताए। नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको उनको भनाइ छ ।
मोरङ जिल्ला क्रिकेट एसोसिएसनकाका अध्यक्ष साद कुरेशीले मोरङ जिल्ला क्रिकेट एसोसिएसनको तर्फबाट क्रिकेट व्यवस्थापनमा एक महत्त्वपूर्ण कदमको पहिलो प्रमुख चरणमा भुक्तानीहरूको डिजिटलाइजेसन गरिरहेको बताए। ’एनआईसी एशिया बैंकको सहकार्यमा हामी ’प्लेयर आफ द म्याच’ को रकम क्युआर कोडबाट भुक्तानी गर्नेछौं। यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं,’ उनले भने ।
एनआईसी एशिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनले नेपालमा क्रिकेट व्यवस्थापन र खेलको विकासका लागि भविष्यमा थप साझेदारीका मानकहरू स्थापना गर्न उत्साहित भएको उनले बताए। कार्यक्रममा बैंकका कोशी प्रदेशका हिरा प्रसाद पौड्याल लगायत विभिन्न व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।



















