Dhulikhel Eco Banner new

आँखुखोला हाइड्रोको असार १२ गते साधारणसभा

4.84K
shares

काठमाडौं, १८ जेठ । आँखुखोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभा असार १२ गते गर्ने भएको छ ।

कम्पनीले आव २०७६÷७७ र २०७७÷७८ को संयुक्त वार्षिक साधारण सभा गर्न लागेको हो । सभा असार १२ गते बिहान ११ बजे अर्पण ब्यांक्वेट थापागाँउमा गर्ने जानकारी दिएको हो ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

यस आधारमा जेठ २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।