Dhulikhel Eco Banner new

हाल सम्मकै उच्च सुनको मुल्य

4.76K
shares

काठमाडौं, २२ जेठ । स्थानिय बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । यो हाल सम्मकै उच्च मुल्य हो ।

सोमबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७ सयले रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।