Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शाखाहरु स्थानान्तरण

4.29K
shares

काठमाडौं, २२ जेठ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं ३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा मिति २०८१/०२/२१ बाट स्थानान्तरण गरिएको छ।

ग्राहकहरुलाई छिटो र छरितो बिमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बिमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको हो ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीबन बिमाको क्षेत्रमा छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने र आफ्ना ग्राहकहरुलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा आजैबाट शाखाहरु स्थानान्तरण गरि ग्राहकहरुलाई निर्जीवन बिमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गराईन्छ ।