१८ सयले बढ्यो सुनको मुल्य
वि.सं.२०८१ जेठ २४ बिहीवार ११:३३
shares

काठमाडौं, २४ जेठ । स्थानीय बजारमा बिहिबार सुनको मुल्य बढेको छ । हिजो घटेको सुनको मुल्य बिहिबार तोलामा १८ सयले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबारका लागि १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ ।
महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।
नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।


















