Dhulikhel Eco Banner new

नेशनल हाइड्रोपावरको आम्दानी १४.११ प्रतिशतले घट्यो

2.76K
shares

काठमाडौं, २ भदौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १४.११ प्रतिशत घटेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १ सय ४२ पैसा रहेको छ। २ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९५ लाख १३ हजार रुपैयाँ रहेको छ।