Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य सामान्यले बढ्यो

2.47K
shares

काठमाडौं, २४ भदौ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्यले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।

यस्तै अघिल्लो दिन तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार सामान्यले बढेर १ हजार ७५५ रुपैयाँ कायम भएको छ ।