Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य सामान्यले बढ्यो

2.05K
shares

काठमाडौं, १७ असोज । स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार १ सयले बढेर १ लाख ६० हजार ९ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, बिहिबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ ।