के हो एक्सचेन्ज बाहिर कारोबार ?
वि.सं.२०८१ असोज १७ बिहीवार ०६:००
2.24K
shares
shares

काठमाडौं, १७ असोज । सामान्य अवस्थामा सूचीकृत शेयरहरुको स्टक एक्सचेन्जभन्दा बाहिर कारोबार हुन सक्दैन् । शेयरपत्रको कारोवार स्टक एक्सचेञ्ज भन्दा बाहिर पनि हुन सक्दछ ।
नेपालमा सूचीकरण नभएका धितोपत्रको कारोबारका लागि स्टक एक्सचेन्जले नै ओभर द काउन्टर (ओटिसी) मार्केट सञ्चालन गरिरहेको छ । सरकारी ऋणपत्रहरुको कारोबार स्टक एक्सचेन्जभन्दा बाहिर समेत हुने गरेको छ ।
यस्तै नागरिक लगानी कोषले सञ्चालन गरेको नागरिक एकांक योजना अन्तर्गत निष्कासित एकांकहरुको बिक्री तथा पुनःखरिद कार्य नागरिक लगानी कोष स्वयंले गर्दै आएको छ ।

















