नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त
वि.सं.२०८१ असोज १८ शुक्रवार १७:४७
2.9K
shares
shares

काठमाडौं, १८ असोज । नेको इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको असोज १७ गते बसेको बैठकले निर्णय गरेअनुसार कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाबाट नवनियुक्त सञ्चालक भट्टराईले पद तथा गोपनियताको शपद ग्रहण गरेका हुन् ।



















