Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकले एकैपटक ४ कम्पनीको शेयर बेच्दै

2.48K
shares

काठमाडौं, ३ मंसिर । एनआईसी एसिया बैंकले एकैपटक ४ वटा कम्पनीहरूको साढे १९ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको कुल १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा राखेको हो।

जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ९ लाख ६५ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०१ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ र नागरिक लगानी कोषको ७७९ रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी शेयरहरू यसअघि नै संस्थापक शेयरधनीलाई बिक्री प्रस्ताव गरिसकेकाले अब सर्वसाधारणले समेत खरीद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित मंसिर ३ देखि १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

इच्छुक लगानीकर्ताले थापाथलीस्थित बिक्री प्रबन्धकको कार्यालय र बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ।