नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
वि.सं.२०८१ मंसिर ९ आइतवार १७:३९
2.76K
shares
shares

काठमाडौं, ९ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ ।
अन्तर्राष्ट्रिय सेक्टरहरूको इकोनोमी क्लासमा माथिल्लो भाडादरका टिकट नबेच्ने निर्णय भएको नेपाल एयरलाइन्सले जनाएको छ ।
राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै यस्तो निर्णय गरेको एयरलाइन्सको भनाइ छ । अब नेपाल एयरलाइन्सले इकोनोमी क्लासको लागि सस्तो भाडादरका टिकट मात्र विक्री गर्नेछ ।
नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर टिकट बेचेको पाइएमा कारबाही गरिने एयरलाइन्सले जनाएको छ ।















