समस्याग्रस्त कर्णाली विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट
वि.सं.२०८१ मंसिर १२ बुधवार १५:५७
3.2K
shares
shares

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कर्णालीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो ।
बुधबार कर्णाली विकास बैंकको मूल्य ७६.९० रुपैयाँ बढ्दै प्रतिकित्ता ८४५.९० कायम भएको छ । बुधबार यो बैंकको २ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।















