Dhulikhel Eco Banner new

सानिमा माई हाइड्रोपावरले गर्यो लाभांश घोषणा

2.47K
shares

काठमाडौं, २५ मंसिर । सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको सोमबार बसेको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ भने पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।