Dhulikhel Eco Banner new

शिवम् सिमेन्ट गर्यो लाभांश प्रस्ताव

2.3K
shares

काठमाडौं, १ पुस । शिवम् सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको आधारमा लाभांश प्रस्ताव  दिने निणर्य गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी ५ करोड २ लाख ७० हजार रुपैयाँ छ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ। यसर्थ पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।