Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.83K
shares

काठमाडौं, २ पुस । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.९५ अंकले बढेर २,६३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ४ अर्ब ३४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् भने दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.०९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी गुराँस लघुवित्तका लगानीकर्ताले ८.४२ प्रतिशतका दरले कमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन् ।