शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ पुस २ मंगलवार १५:२३
shares

काठमाडौं, २ पुस । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.९५ अंकले बढेर २,६३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ४ अर्ब ३४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन आरबिबि म्युचुअल फण्डका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले गुमाएका छन् भने रिभर फल्स पावरका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले गुमाएका छन् ।



















