धितोपत्र बोर्डबाट ‘एनएमबि हाईब्रिड फण्ड एल-२’ योजनाले पायो अनुमति
वि.सं.२०८१ पुस २ मंगलवार १५:०१
2.28K
shares
shares

काठमाडौं, २ पुस । एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।
कुल एक अर्ब बीस करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये एक अर्ब दुई करोड रुपैयाँ सार्वजनिक रूपमा बिक्रिका लागि बोर्डबाट मिति २०८१/०८/२८ मा स्वीकृत भएको छ । बन्दमुखी प्रकृति रहेको उक्त योजनाको अवधि १० वर्ष रहेको छ ।



















