Dhulikhel Eco Banner new

नेपालमै पहिलो पटक सि.आर.एन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ्ग एपमा

3.43K
shares

काठमाडौं, ३ पुस । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै बिगत अठार वर्ष देखि आम नेपाली सर्वसाधारण गा्रहकहरु माझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत नै “शेयर आवेदन र सिआरएन नम्बर” सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।

सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै क्ष्एइरँएइर आईपिओ र एफपिओ राईट शेयरका लागि आवेदन दिन सक्नुका साथै सिआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् ।कारोवार सफलताको जानकारी ग्राहकले

रियल टाईममा नै प्राप्त गर्नु हुनेछ । आईपिओ र एफपिओ राईट शेयर आवेदनको प्रमाणीकरण वा अस्वीकार को रियल टाईम र रेस्पोसन र रियल टाईम सिआ।एन नम्बर उपलब्धता पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झट मुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्ने छ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउनेछ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।