शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस ८ सोमवार १५:१३
shares

काठमाडौं, ८ पुस । सोमबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार २८.९१ अंकले बढेर २,६१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ४ अर्ब ४३ करोडको कारोबार भएको हो ।
दोहारो अंकले बढेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यसदिन बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने बलेफी हाइड्रोपावरका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले कमाएका छन् ।



















