Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.18K
shares

काठमाडौं, ८ पुस । सोमबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार २८.९१ अंकले बढेर २,६१२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ४ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा मानुषि लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ३.१६ प्रतिशतका दरले गुमाएका छन् भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताले २.३१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले १.९० प्रतिशतका दरले गुमाएका छन् भने आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १.८६ प्रतिशतका दरले गुमाएका छन् ।