Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

1.96K
shares

काठमाडौं, ८ पुस ।  शेयर बजारमा  ४ अर्ब ४३ करोडको कारोबार  हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १८ करोड ८४ लाख कारोबार भएको छ ।

यसदिन जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख कारोबार भएको छ भने मोलुङ हाइड्रोपावरको ११ करोड ५९ लाख कारोबार भएको छ ।

त्यसैगरी सपोर्ट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख कारोबार भएको छ भने रिभर फल्स पावरको ९ करोड ५२ लाख कारोबार भएको छ ।