गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट
वि.सं.२०८१ पुस ८ सोमवार १५:३०
shares

काठमाडौं, ८ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले सोमबार आइपीओ बाँडफाँट गरेको हो ।
उक्त आइपीओमा २२ हजार ५०० जनाले १०.१० कित्ता दरले आइपीओ हात पारेका छन् भने २५ हजार १६३ जनाको हात रित्तो भएको छ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो। जसमा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गरेको थियो।



















