Dhulikhel Eco Banner new

५ महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

2.76K
shares

काठमाडौं, १५ पुस । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा १२ करोड ५० लाख ३२ हजार रुपैयाँको ३३४ किलो यार्सागुम्बा निर्यात भएको हो ।

विभागका अनुसार उक्त यार्सागुम्बा ८ वटा मुलुकमा निर्यात भएको छ । जसमध्ये सबैभन्दा ठुलो परिमाण चीनमा निर्यात भएको छ । चीनमा ८ करोड ६७ लाख २७ हजार रुपैयाँको २०७ किलो यार्सागुम्बा निर्यात भएको विभागले उल्लेख गरेको छ ।

बाँकी जापान, सिङ्गापुर, भियतनाम लगायतका ७ मुलुकमा ४ अर्ब बराबरको यार्सागुम्बा निर्यात भएको छ ।