Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

2.98K
shares

काठमाडौं, १५ पुस । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।