Dhulikhel Eco Banner new

एनएमबि बैंकको खुद नाफा ४५.६१ प्रतिशत बढ्यो

1.89K
shares

काठमाडौं, ७ माघ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ३५ लाख खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशत बढेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाखबाट घटेर ३४ करोड ४७ लाखमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ २५ पैसा रहेको छ।