Dhulikhel Eco Banner new

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

3.13K
shares

काठमाडौं, १३ माघ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। ३५ दिनभित्र संस्थापकबाट आवेदन प्राप्त भएको खण्डमा भने बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

बैंकको शेयर किन्न इच्छुक संस्थापकले काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।।