Dhulikhel Eco Banner new

क्रेस्ट माइक्रो लाइफ वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बिक्री खुला

2K
shares

काठमाडौं, १५ माघ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बिक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुन लागेको हो ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको छ । माघ २९ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ ।