Dhulikhel Eco Banner new

इन्लाइटन इन्टरनेसनल कन्सल्टेन्सीद्वारा आयोजित पाँचौँ बुटक्याम्प सफलतापूर्वक सम्पन्न

5.68K
shares

काठमाडौं, २४ माघ । इन्लाइटन इन्टरनेसनल कन्सलटेन्सीको आयोजनामा पाँचौँ संस्करणको बुटक्याम्प सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीले बिहीवार बागबजारस्थित आफ्नै कार्यालयमा पाँचौँ संस्करणको बुटक्याम्प सफलतापूर्वक सम्पन्न गरेको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई विदेश अध्ययनतर्फ आकर्षित गर्नु रहेको थियो ।कार्यक्रममा प्रमुख वक्ताका रूपमा कम्पनीका सीईओ दिपक राज भुसालले आफ्नो महत्वपूर्ण मन्तव्य राख्दै अन्तर्राष्ट्रिय शिक्षा, करियर विकास, र विदेश अध्ययनका अवसरबारे जानकारी प्रदान गरे ।

बुटक्याम्पको विशेष आकर्षण भनेको पाँच विभिन्न देशका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको थियो। उनीहरूले आ–आफ्ना देशका शिक्षा प्रणाली, छात्रवृत्ति अवसर, भिसा प्रक्रिया, र अध्ययनपछि हुने सम्भावित करियर अवसरहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट सकारात्मक अनुभव प्राप्त गरेको बताएका छन्। उनीहरूका अनुसार, यस्तो खालका कार्यक्रमहरूले विदेश अध्ययनको बारेमा स्पष्ट दृष्टिकोण प्रदान गर्नुका साथै भविष्यको योजना बनाउन मार्गदर्शन पुर्‍याउँछ ।