कांग्रेसले जितेको पालिकामा पनि जनयुद्ध दिवसको बिदा
वि.सं.२०८१ माघ ३० बुधवार १९:४३
shares

काठमाडौं, ३० माघ । फागुन १ गते जनयुद्ध दिवसका अवसरमा भन्दै विभिन्न स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका सबै स्थानीय तहले जनयुद्ध दिवसका अवसरमा भन्दै बिदा दिएका छन् । माओवादीले जितेका पालिकामा बिदा दिनु नौलो कुरा होइन। तर, नेपाली कांग्रेसले जितेको रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पनि बिदा दिएको छ।
बाँफिकोट गाउँपालिकामा १८ जना कार्यपालिका सदस्य छन्। जसमध्ये तीनजना मात्र कांग्रेसबाट निर्वाचित हुन्। अरु सबै माओवादीबाट निर्वाचित भएका हुन्। त्यसैले अध्यक्ष बाठामगरसँग बिदाको प्रस्ताव अस्वीकृत गर्ने बहुमत छैन। त्यसैले उनले पनि बिदा दिएका हुन्।


















