Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तको एफपीओ  फागुन १८ गतेदेखि खुल्ने

2.08K
shares

काठमाडौं, ६ फागुन । स्वरोजगार लघुवित्तले यही फागुन १८ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।

अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर सर्वसाधारणका लागि खुल्न लागेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।