प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना
वि.सं.२०८१ चैत ४ सोमवार १४:००
shares

काठमाडौं, ४ चैत । प्रभु बैंक गण्डकी प्रदेशले बागलुङ जिल्लाको पश्चिमी भेग, बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा एक बित्तिय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। र्यालीको प्रमुख उद्देश्य वित्तीय साक्षरताको प्रवर्द्धन र युवा पुस्तामा बचत र वित्तीय योजनाको महत्त्वको बारेमा सचेतना फैलाउनु हो ।
“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं ” भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रमा परिक्रमा गरेको बैंकले जनाएको छ । र्यालीमा सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख, ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारेमा जानकारी प्रदान गरेका थिए। क्षेत्रीले बालबालिका, बृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गराए।
बैंकका अनुसार यस र्यालीको मुख्य उद्देश्य युवा पुस्तामा बचत गर्ने बानीको विकास गर्नु, वित्तीय योजनाको महत्त्वलाई बुझाउनु र वित्तीय साक्षरता प्रवर्द्धन गर्नु थियो। प्रभु बैंकले भविष्यमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



















