Dhulikhel Eco Banner new

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

2.13K
shares

काठमाडौं, ८ चैत । एनएमबि बैंक लिमिटेडले शेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

तोकिएको अवधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन परेमा बिक्रीकर्ता सँगको आपसी सहमतिमा खरीद बिक्री प्रक्रिया अघि बढाइने र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।