गुराँस लघुवित्तको नाफा २०.६२ प्रतिशत बढ्यो
वि.सं.२०८२ वैशाख ६ शनिवार १४:२८
shares

काठमाडौं,६ वैशाख । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवमा २ करोड ७१ लाख खुद नाफा कमाएको छ ।
यो गतवर्षको सोही अवधिमा भन्दा २०.६२ प्रतिशतले बढेको हो। यो गतवर्षको यसै अवधिमा २ करोड २४ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ५ करोड ६९ लाख रहेकोमा चालू आवमा बढेर ८ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा गत आवमा झण्डै ३ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै ४ करोड १५ लाख पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा साढे ५३ करोड बढी, ऋण १ अर्ब ३२ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ८८ करोड रुपैयाँबढी रहेको छ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा र खराब कर्जा ३।०१ प्रतिशत रहेको छ।


















