विश्व वातावरण दिवसमा विष्णूमती लिंक रोड आसपास क्षेत्रमा वृक्षारोपण गरिने
वि.सं.२०८२ जेठ २० मंगलवार १०:२६
shares

काठमाडौं, २० जेठ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसर पारेर विष्णूमती लिंक रोड आसपास क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम हुने भएको छ ।
सुन्दर हरियाली सहरको परिकल्पनाका साथ यहि जेठ २२ गते बिहान वृक्षारोपण गर्ने भएको हो ।
नेपाल ग्रिस मैत्री तथा सांस्कृतिक संघ, काठमाडौं महानगरपालिका वडा नम्बर १९ र जिल्ला होटल व्यवसायी संघ काठमाडौँको आयोजनामा गरिने वृक्षारोपण कार्यक्रममा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह सहभागी हुने जनाएको छ।
कार्यक्रममा नेपाल खड्की सेवा समितिको मौलिक बाजागाजासहित सहभागिता रहने आयोजकसमेत रहेको जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले जानकारी दिए ।
बढ्दो जलवायु परिवर्तन र यसको न्यूनीकरणका लागि टेवा दिने उद्देश्यले समाजमा जागरण ल्याउन सो दिन वृक्षारोपणमार्फत सन्देश दिन खोजेको हुँदा सहभागी हुन आयोजक संस्थाहरुले आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।



















