Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला २ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.7K
shares

काठमाडौं, २० जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार तोलामा १ लाख ८९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार २ हजार ९ सयले बढेर प्रतितोला १ लाख ९२ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ । सोमवार तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कायम भएको छ ।