२ विदेशीसहित ३ निर्माण कम्पनी परे कालोसूचीमा
वि.सं.२०८२ जेठ २० मंगलवार १०:४८
shares

काठमाडौं, २० जेठ । सरकारले दुईवटा विदेशी र एक नेपाली निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् ।
मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।




















