Dhulikhel Eco Banner new

सम्पदा लघुवित्तको सिइओमा पौडेल नियुक्त

1.68K
shares

काठमाडौं, २१ जेठ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन्।

कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई बिहीवारदेखि लागू हुने गरी सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि संस्थाका सीईओ रहेका केशब कुमार पौडेलले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। उनको राजीनामा स्वीकृत भएसँगै लक्ष्मण पौडेललाई नयाँ सीईओका रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।