Dhulikhel Eco Banner new

घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट र केवाइसी अनिवार्य पेश गर्नुपर्ने

1.82K
shares

काठमाडौं, २१ जेठ । सरकारले घरजग्गा खरिद–बिक्री गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट र केवाइसी फारम अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

यो नयाँ व्यवस्था लागू भएसँगै बिना बैंक स्टेटमेन्ट र केवाइसी फारम लिखत पास प्रक्रिया अघि बढ्न नपाउने भएको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सूचनामा १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ।

यससँगै, १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट तोकिएको राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्ने प्रावधान गरिएको छ।

सूचनामा एक व्यक्तिले दिनको ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था पनि उल्लेख गरिएको छ।