Dhulikhel Eco Banner new

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.42K
shares

काठमाडौं, २२ जेठ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक, लेखापाल, रिलेसनसिप म्यानेजर र ट्रेनी सहायक पदमा दरखास्त माग गरेको हो।

शाखा प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तहमा कम्तीमा ५० प्रतिशत अंकसहित उत्तीर्ण र कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव हुनुपर्नेछ भने एक वर्ष शाखा प्रमुखको रूपमा काम गरेको हुनुपर्नेछ।

लेखापाल पदका लागि सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ। रिलेसनसिप म्यानेजरका लागि पनि स्नातक (व्यवस्थापन अर्थशास्त्र) मा कम्तीमा ५० प्रतिशत अंकसहित उत्तीर्ण र दुई वर्षको बैंक तथा कर्जा सम्बन्धी कामको अनुभव आवश्यक छ।

ट्रेनी सहायकका लागि व्यवस्थापन संकायमा स्नातक तहमा कम्तीमा ५० प्रतिशत अंकसहित उत्तीर्ण हुनु पर्नेछ। अधिकतम उमेर २८ वर्ष तोकिएको छ।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित असार ४ गते साँझ ५ बजेसम्ममा दरखास्त दिन सक्नेछन्।